<p><b>मंसिर १४, नयाँ दिल्ली |</b> भारतमा थप ६ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सङ्ख्या निकै कम हो। भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए।<br></p><p>भारतमा अहिले कोरोना सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५ सय ४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक दिनमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ।</p><p>एउटै समयमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको हो। भारतमा अहिलेसम्म थप तीन करोड ३० लाख १८ हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।</p>
भारतमा थप ७ हजार जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

