2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको नयाँ भेरीएन्ट ‘ओमिक्रोन’ LIVE: ३८ देशमा संक्रमित, हालसम्म कतिको मृत्यु ?

मङ्सिर १८, काठमाडौँ | कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ कति खतरनाक भन्ने कुरा जान्न अझै केहि दिन लाग्ने भएको छ । यसको फैलावट जति धेरै छ त्यसको तुलनामा हालसम्म खतराको संकेत भने त्यति छैन । 

केहि दिनको अन्तरमै बिभिन्न ३८ देशमा फैलिसेकेको यो भेरिएन्टको कारण हालसम्म कसैको मृत्यु भएको छैन । यो रिपोर्ट विश्व स्वास्थ्य संगठन (WHO) को हो । बिज्ञहरुको अनुसार ओमिक्रोन कति संक्रामक छ र यसले कति गम्भीर रूपमा मानिसलाई बिरामी बनाउँछ साथै खोप लगाएकाहरुलाई यसको असर कस्तो हुन्छ, भन्ने कुरा पत्ता लाग्न अझै केहि साताको समय लाग्न सक्नेछ ।

क्यानडामा ओमिक्रोन भेरिएंटबाट संक्रमित १५ जना भेटिएको छ । क्यानडाको स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ कि देशमा फेरी संक्रमण बढ्न सक्छ । यस्तो अवस्थामा खोप क्याम्पियन तिब्र गतिमा बढाउनु जरूरी छ । साथै ५० बर्षबढीका उमेर भएकाहरुलाई बूस्टर डोज लगाउन सल्लाह दिईएको छ । क्यानडा सरकारले अर्को देशबाट आउने यात्रीहरुलाई एयरपोर्टमा कोरोना परीक्षण गर्न अनिवार्य गरेको छ । साथै दक्षिण अफ्रीका सहित १० अफ्रीकी देशलाई आवतजावतमा रोक लगाएको छ ।

दक्षिण अफ्रीकामा बच्चाहरुमा तीब्र गतिमा बढ्दैछ कोरोना संक्रमण

दक्षिण अफ्रीकामा बच्चाहरुमा कोविड-१९ को संक्रमण निकै तीब्र गतिमा बढिरहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको तर्फबाट बताईए अनुसार कोरोनाको तेश्रो लहरको दौरान यो निकै चिन्ताको विषय बनेको छ । ५ बर्षभन्दा कम उमेरका धेरै बच्चाहरु संक्रमित भईरहेका छन् । दक्षिण अफ्रीकामा ६० बर्ष बढीका मानिस सबैभन्दा बढी संक्रमित छन् । त्यसपछि सबैभन्दा बढी संक्रमित हुने उमेर समूह ५ बर्ष मुनिका रहेका छन् । कोरोना संक्रमणको पहिलो र दोश्रो लहरमा यस्तो देखिएको थिएन ।

भारतमा तेश्रो व्यक्तिमा भेटियो ‘ओमिक्रोन’

छिमेकि मुलुक भारतमा कर्नाटक पछि अब गुजरातमा पनि कोरोनाको नयाँ भेरीएन्ट ‘ओमिक्रोन’को संक्रमित भेटिएका छन् । ‘ओमिक्रोन’ बाट संक्रमित व्यक्ति हालै जिम्बाब्वेबाट फर्किएका थिए । एयरपोर्टमा कोरोना परीक्षण गराउने क्रममा उनि कोरोना पोजेटिभ देखिएका थिए । संक्रमित  भेटिएपछि थप परीक्षण गराउने क्रममा उनमा नयाँ भेरीएन्टबाट संक्रमित पाइएको हो । यो सहित भारतमा नयाँ भेरिएन्टबाट संक्रमित तेश्रो व्यक्ति भेटिएको भारतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई