पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २९, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएकाले स्वास्थ्य प्रणालीमा चाप बढ्ने चेतावनी दिएको छ ।

पत्रकारसँग डब्ल्यूएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन धेरैजसो देशमा पुगिसेको हुनसक्ने भन्दै ओमिक्रोनलाई कम नआँक्न उनले चेतावनी दिए ।

संक्रमणसँग जुध्न स्वास्थ्य प्रणालीलाई मजबुद बनाउन उनले सबै देशलाई आग्रह गरेका छन् । ओमिक्रोन ७७ देशमा फैलिसकेको बताउँदै उनले भने, ‘कमजोर स्वास्थ्य प्रणालीका लागि फेरि चाप बन्नसक्छ ।’

नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । नयाँ भेरियन्ट पुष्टि भएसँगै सरकारले सतर्कता बढाएको जनाएको छ ।