<p><b>पुस २, काठमाडौँ |</b> नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।<br></p><p>देउवा सभापतिमा निर्वाचित भएलगत्तै टेलिफोनमार्फत् शुभकामना दिएका प्रचण्डले आज शुक्रबार भेटेरै शुभकामना दिएका हुन्।</p><p>सभापतिमा निर्वाचित भएका देउवालाई भेटेर प्रचण्डले सफल कार्यकालको शुभकामना दिएका थिए। बालुवाटार स्रोतका अनुसार आजको भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो।</p>
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट !
