पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस २, काठमाडौँ | </b>पछिल्लो २४ घण्टामा नेपालमा २७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६९ जना र एन्टिजन परिक्षण गर्दा ५ जना गरि जम्मा २७४ जना नयाँ संक्रमित थपिएका हुन् । <br></p><p>त्यस्तै, पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७० रहेको छ ।</p><p>पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ६ हजार ५२२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ । </p>

