थप २१९ जनामा कोरोना भाइरस पुष्टि, दुई जनाको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस ११, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ भने ८ लाख १० हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply