ओमिक्रोनलाई हल्का रूपमा नलिन डब्लुएचओको चेतावनी !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस २३,काठमाडौँ | विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टको फैलावटलाई कम नआँक्न चेतावनी दिएको छ ।

संगठनका प्रमुखले ओमिक्रोन भेरियन्टका कारण तिव्र रूपमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरको स्वास्थ्य सेवालाई दबाव दिएको बताएका छन् ।

संगठनका प्रमुख डा. टेड्रोस घेब्रेयिसले जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा चेतावनी दिँदै भने, ‘ओमिक्रोनको कारण बिरामी भलै डेल्टा भेरियन्टको तुलनामा कम गम्भीर देखिएका छन् । तर, यसलाई हल्का रूपमा लिन हुँदैन ।’

डेल्टाको तुलनामा ओमिक्रोन कम खतनाक रहेको उनको भनाइ छ । ‘विशेषगरी भ्याक्सिन लगाएकाहरूमा जोखिम कम देखिएको छ । तर, यसको अर्थ यो विल्कुल होइन कि, ओमिक्रोनलाई हल्का रूपमा लिन सकिन्छ । पहिलाका भेरियन्टजस्तै ओमिक्रोनका संक्रमित पनि अस्पतालमा भर्ती भइरहेका छन्’, उनले भने ।

उनले यसपटक संक्रमण तीव्र गतिमा फैलिएको र यसको सिधा प्रभाव स्वास्थ्य सेवामा पर्ने बताएका छन् । विश्वभरका अस्पतालमा भीड बढ्दै जानुले पनि ओमिक्रोनलाई हल्का रूपमा लिन नहुने उनको भनाइ छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply