2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्राेन भेरियन्टका संक्रमित २४ पुगे, तयारी अवस्थामा बस्न अस्पताललाई निर्देशन

पुस २३, काठमाडौँ | सरकारले ओमिक्रोन भेरियन्टकाे संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएकाे हाे ।

शुक्रबार थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। साे पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा राख्न भनेकाे हाे।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मीश्रले उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन् ।

यस्तै, सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि सरकारले निर्देशन दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रुपमा एस-जीन स्क्रिनिंग गरिरहेको परिप्रेक्षमा देश भरिबाट र्‍यान्डम स्याम्पिङ विधिबाट संकलित पीसीआर तथा एन्टीजेन पोजिटिभ नमूनाहरुको पछिल्लो पटकको नतिजा सार्वजनिक गरीएको हो।

पुस महिनामा संकलित जम्मा ११४६ पोजिटिभ नमनाहरुको एस जीन स्क्रिनिंग गर्दा २५० वटा नमूनाहरु (२२ प्रतिशत) एस–जीन नेगेनिभ (एसजीटिएफ पत्ता लागेको छ । एस-जीन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई