Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भारतबाट भित्रिएका १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

By kit

<p><b>पुस २३, काठमाडौँ |</b> पश्चिमी नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। मंगलबार यता भारतबाट गड्डाचौकी नाका हुँदै भित्रिएका एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार मात्रै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।<br></p><p>यस्तै, बिहिबार २८, बुधबार ४५ र मंगलबार ८ जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमितहरूलाई महाकाली प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको स्वास्थ्य प्रमुख शिवराज सुनारले बताए। पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै स्वास्थ्य कार्यालय नाकाहरूमा स्वास्थ्य परीक्षणमा कडाइ गरेको छ।</p>