पढ्न करिब 1 मिनेट लाग्छ

पुस २५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना पोजिटिभ देखिएको छ। उनीहरु दुवै जना होम हाइसोलेसनमा छन्।

सत्या पहाडीले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई कोरोना संक्रमण भएको दिएकी हुन्। पहाडीले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा।’

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका धेरै नेता-कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ।