पुस २५, काठमाडौँ | भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो ।

संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १,४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

‘जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा सङ्क्रमण देखिएको छ । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ’,एक अधिकारीले भने ।

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण