2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माताको भर पर्दा…

पुस २५, काठमाडौँ | सुविधा सम्पन्न अस्पतालको रहेको काठमाडौँमा माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेको जनाइएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार उक्त घटनाा संलग्न काठमाडौँको रानीवनमा बस्ने माता भनिने ४८ वर्षकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले त्यहाँ कोठा भाडामा लिई झारफुक गर्ने गरेको र सोही क्रममा ति बालिका बेहोस भएको जनाइएको छ । 

तत्काल उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा बालिकाको मृत्यु भएको थियो । उक्त सूचना प्रहरीले अस्पतालको चिकित्सकबाट प्राप्त गरेपछि अनुसन्धानमा प्रहरी टोली खटाइएको थियो । अनुसन्धानका क्रममा आमाले २२ दिन पहिले बालिकालाई उपचारको लागि ठकुरीको झारफुक केन्द्रमा ल्याइ छाडेको खुल्न आएको छ । त्यसपछि उनको क्रमशः स्वास्थ्य नाजुक बन्दै गएको थियो । अस्पताल लैजानुपर्ने बिरामीलाई झारफुक केन्द्रमा लैजाँदा यसरी बालिकाले अकालमै ज्यान गुमाउनुपरेको देखिएको छ । 

शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ । उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसूरमा आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । धामी÷झाक्री, झारफुकजस्ता अन्धविश्वासमा परी एक नाबालिकाको ज्यानै जानेसम्मको कार्य आफैँमा निन्दनीय भएकाले यस्ता गतिविधिप्रति सचेत हुन प्रहरीले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई