2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन

पुस २७, काठमाडौँ | जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ-आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आम नागरिकमा स्वास्थ्यमापदण्ड अवलम्बन गर्न आग्रह गरेको हो।

जिल्लाभित्र कोभिड-१९ संक्रमितको संख्या क्रमिक वृद्धि हुँदै गइरहेकाले सबै क्षेत्रलाई जनस्वास्थ्यका मापदण्डपालना गरी उच्च सतर्कता अपनाउन आह्वान गर्ने निर्णय गरिएको हो। सबै स्थानीय तहले आ-आफ्नो पालिकामा वृहदरूपमा खोप अभियान सञ्चालन गरी नागरिकमा खोप लगाउने व्यवस्था प्रभावकारीरूपमा मिलाउने व्यवस्थाका साथै कोरोना परीक्षणको दायरासमेत बढाउनुपर्नेमा बैठकले जोड दिएको छ। कोभिड-१९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सबै स्थानीय तहले स्वास्थ्यका पूर्वाधार, जनशक्ति र अक्सिजनको व्यवस्था गरी पूर्वतयारीको अवस्थामा रहनुपर्नेमा जोड दिइएको छ।

प्रवाह हुने सरकारी सेवालाई खोप अभियानसँग जोड्न सरकारी कार्यालय एवं सार्वजनिक संस्थानले सेवाग्राहीले कोभिड-१९ विरूद्धको खोप लगाए/नलगाएको यकिन गर्न र खोप नलगाएको पाइएमा लगाउन अनुरोध गर्नुपर्ने जनाइएको छ। जिल्लामा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सबै क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरी उच्च सतर्कता अपनाउन प्रजिअ पाण्डेले अनुरोध गरेका छन्। जिल्लाभित्र कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण एवं न्यूनीकरण गर्न, जनजीवनलाई सामान्य तुल्याई राख्न, बढी भीड हुने गतिविधि नगर्न, भौतिक दूरी कायम गर्न र मास्क प्रयोग गर्न गराउन पनि अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई