2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोनमा भेटियो यस्ता असामान्य र खतरनाक लक्षण, तपाइँ पनि सावधान रहनुस्

पुस २७, काठमाडौँ । COVID-19 को दुर्लभ र खतरनाक लक्षण ओमिक्रोन भ्यारिएन्टमा पनि भेटिएको छ । यूनिभर्सिटी कलेज अफ लन्डन को न्यूरोसाइन्टिस्ट एथेना अकरामी को अध्ययन अनुसार, कोरोनाबाट निको भएका संक्रमितहरुमा लामो समयसम्म २०० भन्दा बढी लक्षण देखिन सक्छ । 

यूनाइटेड किङ्गडमको रिपोर्ट अनुसार कोरोना भाइरसको दुर्लभ लक्षण ‘ब्रेन फग’  ओमिक्रोन भ्यारीएन्टमा पनि देखिएको छ । द डेली एक्सप्रेसका अनुसार कोरोना संक्रमित ZOE COVID स्टडी ऐपमा आफ्नो लक्षणको बारेमा मानिसहरुले जानकारी सेयर गर्ने गरेका छन् । यो एपले संक्रमितबाट बताइएको लक्षणलाई विश्लेषण गर्छ  । 

ब्रेन फग पछिल्लो केहि समय देखि  COVID-19 को कमन लक्षण हो  । कोरोनाको सामान्य लक्षण जस्तै रुघा, चिसो लाग्नु, स्वासप्रस्वासमा समास्या, खोकी र शरीर झम्झमाउने, दुख्ने हुन्छ, जसलाई ब्रेन फग अन्तर्गत मानिएको छैन । अलबामा विश्वविद्यालय बर्मिंघमको न्यूरोलोजिस्ट डा. श्रुति अग्निहोत्रीको अनुसार, ब्रेन फग हुँदा धेरै टाउकोको दुखाई र स्मरण शक्तिमा कमजोरी जस्ता समस्या हुन सक्छ । कयौं पटक कोरोना संक्रमितलाई रुघा र स्वास लिन अफ्ट्यारो  जस्तो समस्या निको हुन्छ तर मानिसहरुमा टाउकोको दुखाई र स्मरण शक्ति कमजोर हुने जस्तो समस्याबारे गुनाशो गर्ने गरेका छन्  । यसै समस्यालाइ ब्रेन फग मानिएको छ । यो समस्या भएकाहरु कुनै काममा केन्द्रित हुन सक्दैनन् वा केन्द्रित हुन कोसिस गर्दा पनि निकै असहज महशुस गर्दछन् ।

यूनिभर्सिटी कलेज लन्डनका डाक्टर माइकल जन्दिका अनुसार, ब्रेन फग कुनै मेडिकल टर्म होइन, तर यसके लक्षणहरु हेरेर यसको नामाकरण गरिएको हो । जो संक्रमितले कोरोना मुक्त भईसक्दा पनि लामो समयसम्म दिमागी समस्याहरु झेलिरहेका थिए । यस्तो समस्या निको भएका कुल संक्रमितहरु मध्ये झन्डै २० प्रतिशतमा देखिएको थियो । 

रिसर्चमा सहभागी भएकाहरु मध्ये कतिपयले संक्रमण निको भएको १६ महिनापछि पनि आफ्नो शरीरमा कयौं लक्षण देखे । जसमा महिनावारी बद्दल्ने, सेक्सुअल डिस्फंक्शन, चिलाउने, मानसिक रुपमा थकानको महशुस भईरहने, भ्रम, काम्ने, मुटुको चाल छिटो हुने, शारीरिक थकान आदि समस्याको सामना गर्नुपर्यो । यही लक्षण पछिल्लो समय ओमिक्रोन संक्रमित भई निको भएकाहरुलाई पनि पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई