Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वास्थ्यका ९ उच्च अधिकारीको सरुवा, को कहाँ पुगे ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २८, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका १० जना उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ती अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रालय प्रशासन महाशाखाका अनुसार यसअघि मन्त्रीको प्रमुख सल्लाहकार रहेका डा. गुणराज लोहनीलाई वीर अस्पताल प्रमुखको जिम्मेवारी दिइएको छ। औषधी व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिई यसअघिका महानिर्देशक नारायणप्रसाद ढकाललाई औषधि प्रयोगशालामा सरुवा गरिएको छ।

राष्ट्रिय एचआइभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल सरुवा छ भने केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुरलाई ल्याइएको छ। यसअघि कारागार अस्पतालका निर्देशक डा. श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ भने यसअघि केन्द्रको निर्देशक रहेका डा. प्रकाश शाहलाई कर्णाली स्वास्थ्य निर्देशनालयमा सरुवा गरिएको छ।

वीर अस्पतालमा रहेका डा. सरोज शर्मालाई कान्ति बाल अस्पताल सरुवा गरिएको छ भने यसअघि कर्णाली स्वास्थ्य निर्देशनालयमा रहेका डा. रविन खड्कालाई वीर अस्पताल सरुवा गरिएको छ।