2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झन्डै ७० हजार संक्रमितमा गरिएको अमेरिकी अध्ययनले ओमिक्रोनबारे के भन्छ?

January 12, 2022

पुस २८, काठमाडौँ | नेपाल अहिले कोरोनाभाइरसको तेस्रो लहरको सम्मुखमा छ। केही दिनयता कोरोनाका संक्रमित ह्वात्तै बढेका छन्। ओमिक्रोन भेरियन्टको त्रासबीच संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको छ।

मंगलबारमात्र नेपालमा २ हजार ४ सयभन्दा बढी संक्रमित थपिएका छन्। संक्रमितको संख्या आउने दिनमा थपिने निश्चित छ। जर्जर स्वास्थ्य प्रणाली भएको नेपालमा एकैदिन फेरि हजारौं मानिस संक्रमित भए भने धान्न नसकिएला कि भन्ने डर छ।

डढेलोसरी फैलिने ओमिक्रोन भेरियन्टको संक्रमणले आगामी दिनमा के होला भन्ने अनिश्चितता भइरहेका बेला अमेरिकामा गरिएको एक अध्ययनबाट भने राहत दिने  खालको निष्कर्ष निस्किएको छ।

द न्युयोर्क टाइम्सका अनुसार दक्षिण क्यालिफोर्नियामा झन्डै ७० हजार कोरोना संक्रमितमा गरिएको अध्ययनले ओमिक्रोन भेरियन्ट कोरोनाका अरू भेरियन्टभन्दा कम खतरनाक भएको देखाएको छ।

अमेरिकामा ठूलो स्वास्थ्य प्रणाली चलाउने काइसर पर्मानेन्टेले नोभेम्बर ३० देखि जनवरी १ सम्म ६९ हजार २ सय ७९ जना कोरोना संकमितको विवरण संकलन गरेको थियो। उनीहरू सबैलाई कोरोनाका लक्षणहरू देखिएका थिए। अरू नै कारणले अस्पतालमा पुगेका तर जचाउँदा कोरोना पोजेटिभ देखिएकाहरूलाई यो अध्ययनमा समावेश गरिएको थिएन।

उनीहरूमध्ये ५२ हजार जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका इपिडिमियोलोजिस्ट तथा उक्त अध्ययन रिपोर्टका लेखक डाक्टर जोसेफ लेनवार्डका अनुसार ती ५२ हजारमध्ये एक जना पनि यो अवधिमा भेन्टिलेटरमा गएनन्।

डेल्टाको तुलनामा ओमिक्रोन भएका आधा मानिसमात्रै अस्पताल गए। अस्पताल गएकाहरू पनि डेल्टा संक्रमितभन्दा निकै कम समयमै घर फर्किए। उक्त अध्ययनका अनुसार ओमिक्रोन संक्रमितहरू औसतमा तीन दिन अस्पताल बसे जबकी डेल्टाका संक्रमित औसतमा १० दिन अस्पतालमा बस्थे।

मृत्यु हुनेको संख्या पनि डेल्टाका संक्रमितभन्दा निकै कम देखियो। डेल्टा संक्रमण हुँदाभन्दा ओमिक्रोन संक्रमण हुँदा मृत्यु हुने सम्भावना ९१ प्रतिशत कम देखियो।

यसअघि दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डमा गरिएका अध्ययनहरूले पनि ओमिक्रोन भेरियन्ट कम खतरनाक भएको देखाएका थिए।

ओमिक्रोनले संक्रमितलाई धेरै असर नगर्नुका पछाडि खोपको प्रतिरोधात्मक क्षमताले पनि काम गरेको हुन सक्ने वैज्ञानिकहरूको बुझाइ छ। डाक्टर लेनवार्ड र उनका साथीहरूले गरेको अध्ययनले पनि खोप नलगाएका मानिसभन्दा खोप लगाएकाहरूको अस्पताल जानै पर्ने अवस्था आउने सम्भावना ६४ देखि ७३ प्रतिशतसम्म कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक