पढ्न करिब 1 मिनेट लाग्छ

पुस २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। २७८ जना भने डिस्चार्ज भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ। २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्।

मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०९ पुगेको छ।