पुस २९, काठमाडौँ | काठमाडौँका ६ वटा निजी अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइँदै छ । सीतापाइलाको शुभेच्छा अस्पताल, बालाजुको पिपल्स डेन्टल हस्पिटल, बालाजुकै जनमैत्री अस्पताल, बागबजारको काठमाडौं मोडेल अस्पताल, थापाथलीको नर्भिक अस्पताल र सिनामंगलको नोबेल अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप दिन लागिएको हो ।

ती अस्पतालबाट भेरोसेल, एस्ट्राजेनेका खोपका दुवै डोज र विदेश जान लागेकाहरूका लागि जोनसन एन्ड जोनसनको खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

सरकारले देशभरका ५० भन्दा बढी शय्या भएका अस्पताल र मेडिकल कलेजहरूबाट कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको थियो । सोही निर्णयानुसार खोप कार्यक्रम सञ्चालनका लागि आवेदन दिएका अस्पतालमा कोल्डचेनको अवस्था र जनशक्तिलाई हेरेर खोप लगाउन अनुमति दिन थालिएको हो ।

January 13, 2022
काठमाडौँ - KTM, स्वास्थ्य
काेराेना संक्रमणको जोखिम उच्च : उपत्यकाका यी ६ निजी अस्पतालबाट लगाइँदैछ निःशुल्क खोप
By kit
2 मिनेट पढाइ