2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलेजस्तो आत्तिएर लकडाउन गरिहाल्ने पक्षमा हामी छैनौं : स्वास्थ्यमन्त्री

पुस २९, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनावश्यक लकडाउन गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।  कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘यसअघि अरु देशका कुरा सुनेर सबैतिर लकडाउन गरियो । अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिनेछ’, उनले भने ।

कोरोना भाइरस रोकथामको समाधान लकडाउन नै हो भन्ने किसिमबाट अब सरकार नजाने उनले स्पष्ट पारे ।

‘सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेको छ । लकडाउन हुन्छ भनेर आत्तिनु पर्दैन’, उनले भने, ‘कोरोनाको सुरुवाती समयमा आतंक बढी थियो । एक–दुईवटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भन्ने भयो र गरियो पनि । जति जानेको थियो त्यति ग¥यौं । युरोपेली देशहरूमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार ग¥यौं । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि–पछि ग¥यौं । अब हामी आत्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ ।’ 

यद्यपि, आवश्यकता महशुश गरेर लकडाउन गर्न सक्ने सम्भावना भने रहेको उनले स्पष्ट पारे । तर, खास ठाउँमा हेरेर र विचार पुर्याएरमात्र लडडाउन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई