Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कोरोनाको तेस्रो लहरमा गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३०, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ ।

मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको जनाएको हो ।

माघमा मात्रै डेढ लाख बढी संक्रमित थपिने मन्त्रालयको अनुमान छ । मध्यम लक्षण भएका संक्रमितको संख्या ४५ हजार पुग्ने अनुमान मन्त्रालयको छ ।

यो अवधिमा कोरोनाका सामान्य संक्रमित संख्या २ लाख ४० हजार पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।

ओमिक्रोन छिटो छिटो सर्ने भएकोले केही सातापछि नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन सक्रमितको संख्या नै बढी हुने अनुमान छ ।

अहिले अनुमानित बिरामीको संख्यालाई लिएर सोहीअनुसार तयारी मन्त्रालयले गरेको छ । प्रक्षेपण गरेभन्दा बिरामीको संख्या धेरै उकालो नलागे अहिले भइरहेकै स्रोतले धान्ने सरकारको अनुमान छ ।

बिहीबार एकैदिन नेपालमा थप तीन हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

बिहीबारसम्म नेपालमा ९ लाख ४० हजार ५ सय २२ मा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको छ ।