2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप कार्ड हराएमा या नपाएमा के गर्ने ?

January 14, 2022

पुस २६, काठमाडौँ | एजेन्सी | हालैका दिनमा खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड नै बनाउनका लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भेटिएको विवरण पनि आएका थिए।

तर सरकारी अधिकारीहरूले खोप कार्ड हराएका र केही स्थानमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड पाउने बताएका छन्।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार त्यस्ता व्यक्तिहरूले आफूले खोप लिएकै स्थानबाट कार्ड प्राप्त गर्न सक्नेछन्।

अन्यत्रबाट कार्ड लिन खोज्दा यकिन विवरण नहुने भएकाले आफूले खोप लगाएकै स्थानमा जान दाहाल आग्रह गर्छन्।

उनले भने, ‘पहिला खोप कार्ड नभएर केही स्थानमा खोप लगाउनेहरूले पनि कार्ड नपाएको कुरा साँचो हो। तर अहिले कार्ड नपाउने भन्ने अवस्था छैन।’

खोप लगाइसकेका व्यक्तिले कार्ड बनाउन चाहन्छन् भन्ने खोप लिएकै स्थानमा जाँदा कार्ड बनिहाल्ने उनको भनाइ छ । उनी भन्छन्, ‘जान चाहिँ त्यही स्थानमा जानुपर्‍यो किनकि विवरण त त्यहीँ छ।’

उनले कार्ड हराउने व्यक्तिका हकमा पनि सोही नियम लागु हुने जानकारी दिए। खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड बनाउनकै लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भन्ने आशङ्कासहितका विवरण आएका बेला विज्ञहरूले त्यसो नगर्न आग्रह गरेका छन्।

उनीहरूका भनाइमा निश्चित समय पूरा नभई खोप लगाउँदा वा बढी मात्रा खोप लगाउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन भन्छन्, ‘अब खोप लगाएको लगाएकै गर्दा ठ्याक्कै कस्तो प्रभाव पर्छ भन्ने विवरण त हामीसँग छैन तर पक्कै पनि त्यसो गर्नु राम्रो चाहिँ होइन।’

उनले अघि भने, ‘खोप यति समयपछि लगाउने भन्ने वैज्ञानिक आधार हुन्छ र त्यसको अन्तर तोकिएको पनि हुन्छ। त्यसका साथै खोप नपाएकाले खोप नै नपाउने र केहीले बढी खोप लगाउने अवस्था पनि निम्त्याउन सक्छ।’

त्यस्तो अवस्था आएमा खोप लगाउनेलाई पनि नकारात्मक असर पर्ने र नपाउनेमा सङ्क्रमण बढी हुने अवस्था आउन सक्ने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही