माघ ४, काठमाडौँ | आजदेखि ललितपुर महानगरपालिकाले अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना खोपको बुस्टर डोज लगाउने भएको छ। विभिन्न ८ स्थानबाट बुस्टर खोप दिन लागिएको हो।

सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुल्चोक, बीएण्डबी अस्पताल ग्वार्को, मेडिसिटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलबाट बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ।

आजदेखि माघ ६ गतेसम्म सञ्चालन हुने अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।

त्यस्तै, सरकारी तथा सामुदायिक संघसंस्थामा काम गर्ने कर्मचारी, बैंकिङ्ग सेवाका कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ। बुस्टर डोज लगाउन कोरोना विरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्नेछ।

January 18, 2022
काठमाडौँ - KTM, स्वास्थ्य
ललितपुर महानगरमा आजबाट बुस्टर डोज खोप
By kit
3 मिनेट पढाइ