माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्"/>
2026-09-18 04:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

त्रिशूली अस्पतालमा सेवा प्रभावित

माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ । 

अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालको प्रयोगशालामा सोमबार गरिएको पिसिआर परीक्षणपछि अस्पतालमा विशेषज्ञ चिकित्कस, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना सङ्क्रमित भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

डा पाण्डेले स्त्री तथा प्रसूति विभागमा कार्यरत तीन चिकित्सक कोभिड–१९ बाट सङ्क्रमित भएका कारण विभागबाट हुने प्रसूति गराउने, शल्यक्रिया गराउनुपर्ने जस्ता कार्य हाललाई बन्द गरिएको बताउनुभयो । अस्पतालले अत्यावश्यक काम नभइ अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालले एक विज्ञप्ति निकालेर सामान्य र पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल अहिले नआउन र नियमित औषधि लिनुपर्ने सेवाग्राहीले कोभिड–१९ स्वास्थ्य मापदण्डपालना गरेर आउन आग्रह गरेको हो । 

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ४४ जनामा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०५ पुगेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या गएको भदौयताकै उच्च हो । नुवाकोटमा गएको पुस १३ गतेदेखि १८ गतेसम्म सक्रिय सङ्क्रमित शून्य रहेको छ । 

जिल्लामा हालसम्म कोरोनाको कारण ५२ जनाको ज्यान गएको छ । पहिलो लहरमा एक जना, दोस्रो लहरमा ५१ जना र अहिलेको तेस्रो लहरमा कसैको पनि ज्यान नगएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । जिल्लामा हालसम्म २९ हजार ३४५ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा आठ हजार पाँच सय दुई जना सङ्क्रमित भएका छन् ।माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ । 

अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालको प्रयोगशालामा सोमबार गरिएको पिसिआर परीक्षणपछि अस्पतालमा विशेषज्ञ चिकित्कस, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना सङ्क्रमित भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

डा पाण्डेले स्त्री तथा प्रसूति विभागमा कार्यरत तीन चिकित्सक कोभिड–१९ बाट सङ्क्रमित भएका कारण विभागबाट हुने प्रसूति गराउने, शल्यक्रिया गराउनुपर्ने जस्ता कार्य हाललाई बन्द गरिएको बताउनुभयो । अस्पतालले अत्यावश्यक काम नभइ अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालले एक विज्ञप्ति निकालेर सामान्य र पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल अहिले नआउन र नियमित औषधि लिनुपर्ने सेवाग्राहीले कोभिड–१९ स्वास्थ्य मापदण्डपालना गरेर आउन आग्रह गरेको हो । 

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ४४ जनामा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०५ पुगेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या गएको भदौयताकै उच्च हो । नुवाकोटमा गएको पुस १३ गतेदेखि १८ गतेसम्म सक्रिय सङ्क्रमित शून्य रहेको छ । 

जिल्लामा हालसम्म कोरोनाको कारण ५२ जनाको ज्यान गएको छ । पहिलो लहरमा एक जना, दोस्रो लहरमा ५१ जना र अहिलेको तेस्रो लहरमा कसैको पनि ज्यान नगएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । जिल्लामा हालसम्म २९ हजार ३४५ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा आठ हजार पाँच सय दुई जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया