Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका  निःशुल्क सञ्चालन गरिएका  आइसोलेसन र क्वारेन्टिन  स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।

प्रमुख शाक्यले भन्नुभयो, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,” “हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक प¥यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गर्न सक्छौँ ।”

प्रमुख शाक्यले  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह पनि आग्रह गर्नुभएको छ ।

पहिलो र दोस्रो चरणको कोरोना सङ्क्रमणका बेला सिसिएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरे पनि अहिले नभएको उहाँको आरोप छ । महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

सङ्घीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, ज्येष्ठ नागरिकलगायतका लागि  खोपको तेस्रो मात्रा पनि कामपाले व्यवस्थापन गरेकाले खोप लगाउन योग्य सबैलाई अपिल  गरिएको छ ।