परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना पुष्टि, बन्यो रेकर्ड

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ ५, काठमाडौँ | पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । जुन हालसम्मकै उच्च भएको उनले बताए ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण पनि हालसम्मकै धेरै पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।  अधिकारीका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

जसमा उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् । यस्तै बितेको २४ घण्टामा ४ जनाले कोरोनाबाट ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ।  हाल होम आइसोलेशनमा ४६ हजार ५१५ र बाँकी संस्थागत आइसोलेनमा संक्रमितहरु रहेका छन् ।

अधिकारीका अनुसार हाल देशभर ४७ हजार ९२९ जना सक्रिय सक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये आईसीयुमा १६९ र भेन्टिलेनरमा २८ जना रहेका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply