2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ओमिक्रोनलाई हलुका नठानौं’

January 20, 2022

माघ ६, काठमाडौँ | विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रुपमा लिन नहुने बताएको छ।

‘यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन,’ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले मंगलबार आयोजित मिडिया ब्रिफिङमा भने।

गत साता मात्र विश्वमा थप १ करोड ८० लाख मानिसमा संक्रमण देखिएको जनाउँदै संगठनले ओमिक्रोन भेरिएन्ट संक्रमणलाई कमजोर नठान्न र यसले मृत्यु ननिम्ताउने भनेर भ्रममा नपर्न आग्रह गरेको छ। स्वास्थ्य केन्द्रमा ठूलो चाप देखिएको संगठनले जनाएको छ।

‘मृत्युको संख्या हाललाई स्थिर देखिएको छ। तर स्वास्थ्य केन्द्रमा बढ्दो दबाबले स्वास्थ्यकर्मीमा चिन्ता थपिएको छ,’ महानिर्देशक घेब्रेससले भने। उनले केही देशमा महामारी उच्च विन्दुमा पुगेका कारण पछिल्लो लहरका सबैभन्दा घातक दिनको अन्त्य भएको देखिएको तर समग्रमा कुनै पनि देश संकटमुक्त नभएको बताए। ‘खोपको कमजोर दर भएका देशमा संक्रमित गम्भीर हिसाबले बिरामी हुन सक्ने तथा खोप नलगाएमा मृत्युको प्रतिशत बढी हुने हुँदा चिन्ता थपिएको छ’, उनले भने।

कोरोनाका अन्य भेरिएन्टभन्दा ओमिक्रोन कम घातक भए पनि यसलाई मध्यमखाले रोग ठान्दा रोग प्रतिकार्य कमजोर हुने र धेरैको ज्यान जान सक्ने तर्क उनको छ। ‘धेरै देशका लागि आगामी साता अत्यन्त चुनौतीपूर्ण देखिएका छन्,’ उनले भने। गत सातासम्म कोभ्याक्स सुविधाअन्तर्गत १ अर्ब खोप डोज आपूर्ति गरिएको जनाउँदै उनले खोपको यो मात्रा अझै अपुग रहेको र यसलाई थप बढाउनुपर्ने बताए।

ओमिक्रोन भेरिएन्टको संक्रमण र प्रसारण रोक्न खोप कम प्रभावकारी भए पनि खोपले गम्भीर बिरामी हुनबाट र मृत्युबाट जोगाउने देखिएको उनले बताए। ओमिक्रोन संक्रमणको बढ्दो प्रसारणले भाइरसको नयाँ भेरिएन्ट विकास हुन सक्ने भएकाले कोरोना महामारीको तत्काल अन्त्य हुने सम्भावना कम रहेको उनले बताए। उनले खोपको असमान वितरण पनि कोरोना नियन्त्रणमा चुनौती भएको जनाए।

‘खोप उत्पादन विश्वव्यापी रुपमा हुन सके समान विरतण सम्भव हुन्छ। हामीले मिलेर काम गरेमात्र भाइरसलाई जित्न सक्छौं,’ उनले भने। नागरिक दैनिकमा समाचार छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक