माघ ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ७६६ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा ५ हजार २९९ संक्रमित थपिए

६ माघ, काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा ६४६, सुनसरी ३३२, झापामा २७५, रुपन्देहीमा २७२ र कास्कीमा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा १९५, कैलालीमा १६५, मकवानपुरमा ११५, बाँकेमा ८७, नवलपरासीमा पुर्वमा ८६, काभ्रेपलाञ्चोक र बागलुङमा ७७/७७ जना, धनुषामा ६४, कञ्चनपुरमा ५५ र सिरहामा ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्सा र दाङमा ४८/४८ जना, तनहुँमा ४२, सर्लाहीमा ३३, धादिङ र पाल्पामा ३०/३० जना, गोरखामा २८, सप्तरीमा २७, नवलपरासी पश्चिममा २५, महोत्तरीमा २४ तथा रौतहट, म्याग्दी र स्याङजामा २०/२० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

January 21, 2022
काठमाडौँ - KTM, स्वास्थ्य
६५ हजार नाघे सक्रिय संक्रमित, एकै दिन १० हजार ७०३ जनामा कोरोना पुष्टि
By kit
4 मिनेट पढाइ