स्वास्थ्यकर्मी धमाधम बिरामी, सेवा प्रभावित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

माघ ९, काठमाडौँ | कोरोना संक्रमणले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। गण्डकीका विभिन्न अस्पतालमा कार्यरत झन्डै तीनसयजना स्वास्थ्यकर्मी बिरामी परेका छन्। स्वास्थ्यकर्मी बिरामी परेपछि जिल्लास्थित कतिपय अस्पतालले बहिरंग सेवा (ओपीडी) सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्तकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार अहिलेसम्म सबैगरि दुई सय ९० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।। पछिल्लो दुई साताको अवधिमा ती स्वास्थ्यकर्मी बिरामी परेको शर्माले बताए। हिमाली जिल्ला मनाङमा बाहेक अहिले सबैजसो जिल्लाका स्वास्थ्यकर्मी बिरामी परेका छन्।

‘सबैजसो जिल्लामा संचालित निजी तथा सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अहिले बिरामी परेका छन्। त्यसले उपचारमा समेत अप्ठेरो परेको छ,’ शर्माले भने, ‘स्वास्थ्यकर्मी बिरामी नपरेको कुनैपनि अस्पताल बाँकी छैन।’

उनका अनुसार स्वास्थ्यकर्मी बिरामी परेपछि म्याग्दीको बेनी अस्पतालको ओपीडी सेवा नै बन्द हुने अवस्था आएको छ। त्यहँका २२ जना स्वास्थ्यकर्मी बिरामी परेका छन्। त्यस्तै नवलपुरको मध्यबिन्दु अस्पतालको सेवा पनि स्वास्थ्यकर्मी बिरामी भएपछि प्रभावित भएको उनले बताए।

‘दिनहुँ संक्रमित बढिरहँदा स्वास्थ्यकर्मी पनि बिरामी परेका छन्। त्यसले गर्दा सेवा नै प्रभावित भएको छ,’ उनले भने।

शर्माले जिल्लास्थित सरकारी अस्पतालका स्वास्थ्यकर्मी बिरामी परेपछि सर्वसूलभ शुल्कमा उपचार गराउने सर्वसाधारण बिरामी बढी मर्कामा पर्छन्। स्वास्थ्यसेवा प्रभावित नहोस भनेर सकेसम्म व्यवस्थापनको प्रयास गरेको शर्माले बताए।

‘अन्तिम अवस्थामा मात्र सेवा रोक्ने हो। नत्र अस्पताल बन्द गर्न नपरोस भन्नेमा हामी सचेत छौ,’ उनले भने, ‘व्यवस्थापन गर्दागर्दै नसकेको अवस्थामा मात्र सेवा रोक्नुपर्ने अवस्था आउँछ। त्यो पनि लामो समयका लागि बन्द हुँदैनन्।’

प्रदेशको सबैभन्दा ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ७० जना स्वास्थ्यकर्मी बिरामी परेको निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार अस्पतालका संक्रमित ७० जना स्वास्थ्यकर्मी मध्ये २८ जना डाक्टर रहेका छन्। अरु नर्स सहितका स्वास्थ्यकर्मी रहेका छन्। सबैजसो विभागका स्वास्थ्यकर्मी बिरामी परेको उनले बताए। सबैभन्दा बढी हाडजोर्नी विभागमा रहेका १० जनामध्ये नौजना स्वास्थ्यकर्मी बिरामी परेपछि सेवा नै प्रभावित भएको छ।

‘ड्यूटी गर्ने समेत स्वास्थ्यकर्मी नभएपछि अरु विभागबाट ल्याएर काम चलाउनुपरेको छ,’ खत्रीले भने, ‘अहिले अस्पतालमा कोरोनाका बिरामी ३० जना भर्ना भएका छन। तर, अस्पतालका ७० जना स्वास्थ्यकर्मी बिरामी परेका छन्।’

ड्यूटीमा रहने स्वास्थ्यकर्मी नै अभाव भएपछि सबैभन्दा बढी सकस भएको उनले बताए। उनका अनुसार प्रसूती विभागका ११, एनेस्थेसीयाका ८, अर्थोपेडिक र सर्जरीका ५ मेडिकलका ३ जना चिकित्सक बिरामी परेका छन्। ‘दिनहुँ ठूलो संख्यामा बिरामी उपचारका लागि आउने अस्पताल हो। तर, अहिले स्वास्थ्यकर्मी बिरामी परेपछि समस्या भएको छ,’ उनले भने।

उनका अनुसार अवस्था सामान्य भएका बिरामी स्वास्थ्यकर्मीलाई तीन दिनमै काममा फर्काइएको छ। लामो बिदा पनि स्वास्थ्यकर्मीलाई नदिएको उनले बताए। गम्भिर अवस्था नआएमा सातदिनमा काममा फर्किन भनेको उनले बताए। यो अस्पतालमा सबैगरि करिब ६ सय जना स्वास्थ्यकर्मी रहेको खत्रीले बताए। पाँच सय शैयाको यो अस्पताल प्रदेशकै सबैभन्दा ठूलो हो। सामान्य अवस्थामा यो अस्पतालमा दिनमा एक हजार बढी सर्वसाधारण ओपीडीमा परीक्षण गराउन आउँछन्। नागरिक दैनिकबाट |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply