टेकु अस्पतालमा आजदेखि पुनः सुरु हुँदै खोप अभियान

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>माघ ११, काठमाडौँ | </b>शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ।<br></p><p>अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन्। उनका अनुसार बिहान १० बजेदेखि खोप अभियान सुरु भैसकेको छ।</p><p>आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो। अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो।&nbsp;&nbsp;</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply