2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन देशमा मृत्यु सबैभन्दा सहज ? ८१ देशको सूचीमा ब्रिटेन सबैभन्दा अगाडि, नेपाल कतिमा ?

January 25, 2022

माघ ११, काठमाडौँ | एजेन्सी | विश्वमा जीवनलाई मात्रै होइन, मृत्युलाई पनि उत्तिकै महत्त्व दिने गरिन्छ । सबै व्यक्तिले राम्रो जिन्दगी र शान्तिले प्राण जाओस् भनेर प्रार्थना गर्ने गर्छन् । जुन देशको आर्थिक अवस्था राम्रो छ ति देशहरुमा मानिसको मृत्यु पनि सहज नै हुन्छ तर, गरिब देशहरुमा व्यक्तिको मृत्यु भने पीडादायी हुने गरेका थुप्रै उदाहरणहरु छन् । वैज्ञानिकहरुले हालै क्वालिटी अफ डेथ एण्ड डायिङ  इन्डेक्स २०२१ मार्फत विश्वमा सहज मृत्यु भएका देशहरुको बारेमा बताएका छन् । 

उक्त सूची अमेरिकाको ड्युक युनिभर्सिटीले अनुसन्धानमार्फत तयार पारेको हो । यसमा विश्वभरका ८१ देशमा जिन्दगीको आखिरी दिनहरुमा हुने हेरचाहको आधारमा ए, बी, सी, डी, ई र एफ ग्रेड दिइएको छ । रिपोर्टका अनुसार केवल ६ देशलाई ए ग्रेड र २१ देशलाई एफ ग्रेड दिइएको छ । 

उक्त इन्डेक्सका अनुसार युनाइटेड किङडम (युके) पहिलो स्थानमा छ । यसका साथै, आयरल्याण्ड, ताइवान, कोस्टा, रिका, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि ए ग्रेड दिइएको छ । यी देशहरुमा अन्तिम अवस्थामा पुगेका व्यक्तिहरुको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्ने गरिन्छ । 

विश्वका ८१ वटा देशहरुमा प्याराग्वेलाई ८१ औं स्थानमा राखिएको छ । यो देशमा अन्तिम अवस्थामा रहेका व्यक्तिहरुलाई सहज वातावरण प्रदान गरिदैँन । बंग्लादेश, लेबनान, ह्याती, ब्राजिल, सेनेगल, पोर्चुगल, दक्षिण अफ्रिका, आर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेशिया, इथियोपिया र इराक जस्ता देशहरुलाई एफ ग्रेड प्रदान गरिएको छ । 

भारतलाई डी ग्रेड 

उक्त इन्डेक्सका अनुसार भारतलाई डी ग्रेड प्रदान गरिएको छ । भारतका साथै चीन, रुस, ग्रीस, इन्डोनेशिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोलाई पनि डी ग्रेड दिइएको छ । यस्तै, अमेरिकालाई सी ग्रेड दिइएको छ । अमेरिकाका साथसाथै कोलम्बिया, म्यानमार, मेक्सिको, थाइल्याण्ड, मिस्ना, घाना, इजराइल, युगान्डा, डेनमार्क र नाइजेरियालाई सी ग्रेड प्रदान गरिएको छ । 

अध्ययनमा संलग्न स्टीफन कोनरका अनुसार राम्रो ग्रेड हुने देशहरुको आर्थिक आम्दानी राम्रो छ । त्यहाँको सरकारले बाँकी देशको तुलनामा नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइएको छ । जुन देशको ग्रेड राम्रो छैन ति देशको सरकारले नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक