२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कतिमा हुदैछ कारोबार ?

२०७८, २४ माघ सोमबार ११:३६

माघ २४, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२  हजार ५८० कित्ता शेयर रु पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार बराबर पुगेको छ । 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र लघुवित्त ४.३९ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै, व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत् ६.९१, वित्त ८.९२, निर्जीवन बीमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बीमा १२४.९६, सामूहिक लगानी कोष ०.०५ र लगानी २.९२ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४९ करोड ३४ लाख ४९ हजार ८३९ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु २७ करोड ६६ लाख २५ हजार २९५, अरुण भ्याली हाइड्रोपावर रु २५ करोड १६ लाख ६४ हजार ७३२, नेपाल दूरसञ्चार कम्पनी रु २४ करोड ४८ लाख ५० हजार ८३१ र नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३० लाख १२ हजार ४०३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेपाल पूर्वाधार बैंक ८.४२, छ्याङदी हाइड्रोपावर ६.८३, सानिमा लाइफ इन्स्योरेन्स ५.०४, नेशनल हाइड्रोपावर ४.६६, र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ४.६१ प्रतिशतले कमाएका छन् । उता, बुद्ध भूमि नेपाल हाइड्रोपावर ४.५७, सपोर्ट माइक्रोफाइनान्स ३.७१, साहस ऊर्जा २.६४, विन नेपाल लघुवित्त २.४६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु