फागुन ६, काठमाडौँ । सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, काठमाडौँ । सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान "/>
2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय

फागुन ६, काठमाडौँ । सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो । 

उहाँले ग्लोबल फन्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१–२४ को कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत भएको जानकारी दिनुभयो । बैठकले औषधि दर्ता (चौथो संशोधन) नियमावली, २०७८ र नेपाल मेडिकल काउन्सिल (पाँचौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो । 

यसैगरी हिजोको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब रु दुई अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गङ्गाराम कँडेलको राजीनामा स्वीकृत गर्ने र नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल (ललितपुर) लाई नियुक्त गर्ने तथा नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय पनि हिजोको मन्त्रिपरिषद्को बैठकबाट भएको छ ।

प्रवक्ता कार्कीका अनुसार सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने निर्णय गर्नाका साथै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ हेरफेर गर्ने निर्णय पनि गरेको छ । सरकारले काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका–३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानी उल्लिखित स्थानको वरिपरिको १०० सम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिन अवधिसम्मका लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ