2026-09-19 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकिएका सहित थप २३६ नेपाली युवा यहि फागुन २३ बाट कोरिया जान पाउने

फागुन १६, काठमाडौँ । कोरोना कहरले गर्दा  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन् ।

कात्तिक महिनायता दक्षिण कोरिया पुगेका ४१ जना कामदारमा अहिलेसम्म कोभिड रिपोर्ट पोजेटिभ देखिएको र हाल नेपालमा कोरोनाको संक्रमण रहिरहेको जनाउँदै शाखाले अनिवार्य रूपमा स्वास्थ्य प्रोटोकल पालना गरी कोरिया प्रवेश गर्न अनुरोध गरेको छ । १९ गतेदेखि क्वारेन्टाइन बसी सोको जानकारी शाखालाई दिनुपर्ने जनाइएको छ । कोरिया प्रवेशअघि क्वारेन्टाइन बसे नबसेको, स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको विषयमा एचआरडी कोरिया ईपीएस सेन्टर नेपाल र शाखा कार्यालयबाट अनुगमन गरिने भएको छ ।

कोरिया प्रवेश गर्ने युवाले कोभिड–१९ खोप कार्ड वा क्यूआर कोड प्रमाणपत्रको प्रतिलिपि र दक्षिण कोरिया पुगेपछि १० दिन आफ्नै खर्चमा अनिवार्य क्वारेन्टाइन बस्न आवश्यक पर्ने प्रतिदिन एक लाख बीस हजार कोरियन वनका दरले आवश्यक पर्ने १२ लाख वन अर्थात् १ लाख १९ हजार रुपैयाँ पनि आवश्यक पर्ने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको ‘क’ वर्गका वाणिज्य बैंकहरूबाट अनिवार्य रूपमा डेबिट कार्ड लिनु पर्नेछ । कोरियामा क्वारेन्टाइनमा चेकइन गर्ने बेलामा नै कार्डबाट भुक्तानी गर्नुपर्ने भएकाले कार्ड सञ्चालन भए नभएको नेपालमै यकिन गरेर जानसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता