२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हात्तीपाइले रोगविरुद्धका अभियानमा जुटे स्थानीय तह

२२ फाल्गुन २०७८, आईतवार ०५:०४

फागुन २२, राँझा ।  हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी र खजुरा गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधि सेवन अभियानको योजना तर्जुमा गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका हात्तीपाइले रोग निवारण कार्यक्रम स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै पनि जनचेतनाको कमी, औषधिबारे गलत धारणा र औषधिसम्बन्धी जानकारी नभएको जस्ता विषयले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानले बाँकेमा लक्ष्य प्राप्त गर्न नसकेको अवस्थालाई सुधार गर्न अहिले स्थानीय तहले सक्रियता देखाएका छन् । 

आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाले औषधि सेवन नगरे सरकारी सेवाबाट बञ्चित गर्नेसम्मको तयारी गरेको नगरप्रमुख लुटबहादुर रावतले बताउनुभयो । प्रत्येक वर्ष औषधि सेवन अभियान सञ्चालन भए पनि प्रभावकारी नभएका कारण अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सरोकारवाला सबैलाई व्यापकरूपमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो । 

कोहलपुर नगरपालिकामा ८४ प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । वडा नं ५ र ६ मा पर्ने रझेना गाउँमा औषधि सेवन नगरेको पाइएकाले अहिले त्यहाँ ध्यान केन्द्रित गरेको कोहलपुर नगरपालिका नगर स्वास्थ्य केन्द्रका प्रमुख अनिल सेनले बताउनुभयो । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकास्तरमा व्यापक प्रचार–प्रसारसहित जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालन गरिएको जानकी गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताउनुभयो । 

जिल्लामा ८१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । सो रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २०११ बाट जिल्लामा रोगविरुद्धको औषधि खुवाउन सुरु गरिए पनि लक्ष्य प्राप्त गर्न नसकेको उहाँको भनाइ छ । 

पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार हात्तीपाइलेको बाहिर देखिने लक्षण वा तत्काल देखिने लक्षणमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनसक्छ ।

महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नुपछि अपाङ्गतासमेत हुँदा सामाजिक र मानसिकरूपमा पनि असन्तुलित हुनसक्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे