2026-09-19 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

खतरनाक हुनसक्छ पेनकिलर, यी हुन् पेनकिलरको काम गर्ने ५ घरेलु खानेकुरा

फागुन २२, काठमाडौँ । सामान्य दुखाई सहन हामीलाई गाह्रो लाग्छ । विसञ्चो जस्तो भयो, शरीरको कुनै भाग दुख्यो भने त्यसको तत्काल समाधान खोज्छौं । समाधानका लागि हामीलाई सजिलो लाग्छ, पेन किलर । अर्थात दुखाई कम गर्ने औषधी ।

पेन किलर जुनसुकै औषधी पसलमा पाइन्छ । धेरै पैसा लाग्दैन । चिकित्सकको प्रेस्किप्सन पनि देखाइरहनु परेन । चकलेट किने झै किन्न सकिन्छ ।

पेन किलर खानसाथ दुखाई कम भएको अनुभव पनि हुन्छ । तर, यो शारीरिक समस्याको ठोस समाधान होइन । पेन किलरले क्षणिक रुपमा सञ्चो अनुभव गराएपनि त्यसको दीर्घकालिन असर रहन्छ । त्यसैले पेनकिलर सेवन गर्नुअघि सर्तक हुनैपर्छ ।

पेनकिलर्सको साइडइफेक्ट

पेनकिलरमा सेडेटिभ इफेक्ट्सहरु हुन्छ जसको कारणले सँधै निन्द्रा लागेको महसुस हुन्छ । पेनकिलर औषधिको लत लागेका मानिसहरुमा कब्जियतको समस्या पनि धेरै देखिने गर्छ । यस्तै पेटमा दुखाई, चक्कर आउने, डायरिया र वान्ता पेनकिलर लिने मानिसहरुमा धेरै देखिने समस्या हो । यसको अतिरिक्त जीउ भारी महसुस हुने, टाउको दुख्ने र पेटमा दुख्ने समस्या नि देखिन सक्छ । यसको नियमित प्रयोगले कार्डियोभास्कुलर र रेस्पिरेटरी गतिविधिहरुमा पनि असर गर्छ । यस्ता मानिसहरुमा मुटुको धड्कन र व्लडप्रेसरमा तिव्र उतारचढाव पनि देखिन्छ । पेनकिलर एडिक्सनले कलेजोमा पनि असर गर्छ र यसको अधिक मात्रामा सेवन गर्नाले जोखिम अझै बढ्छ ।त्यस्तै मुख सुक्ने, आँखाको नानी खुम्चिने, व्लडप्रेसर अचानक कम हुने पनि यसका साइडइफेक्ट हुन् । यस बाहेक पेनकिलरको लतले हाइपोथर्मिया, जीउ चिलाउने, मांसपेसीमा तनाव जस्ता साइड इफेक्ट पनि निम्त्याउँछ । धेरै महिलाहरुले महिनावारीको समयमा पनि दुखाईबाट बच्नको लागि पेनकिलर लिने गर्छन् । यसले तत्कालको लागि राहत महसुस त हुन्छ तर यसको अधिक मात्रामा सेवन गर्नाले एसिडिटि, ग्यास्ट्राइटिस, पेटमा अल्सर आदीको समस्या हुन्छ ।

त्यसैले पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।

– जौ

म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ भने रक्तस्राव भएकोलाई पनि धेरै राहत दिँदछ। जौ मा जिङ्क पनि पाइन्छ जसले महिनावारी भएको बेलामा सङ्क्रमण हुनबाट बचाउँछ।

– अङ्गुर

ढाड दुख्ने समस्याले सताइरहेको छ भने अङ्गुर खाने बानी बसाल्नुहोस्। यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गराउँदछ।

– चेरी

यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेसीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ। साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन।

– लसून

शताब्दीऔँ देखि नै लसूनलाई आयुर्वेदिक औषधी मानिँदै आएको छ। फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ। छालामा आएको खटिरामा लसून पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसूनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्दछ।

– अदुवा

आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्दछ। वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता