Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खनिज उत्खनन्को सीमा ५ वर्ग किलाेमिटर मात्र

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २३, काठमाडौँ । खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू-गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुलो व्यवस्था भए पनि बहुमूल्य र पर्यावरणीय रूपमा संवेदनशील स्थलमा खानी उत्खननका लागि कडाइ गरिएको छ। विभागले साधारण खनिजको परिभाषामा निर्माणमुखी खनिजलाई राखेको छ ।

विभागका अनुसन्धान अधिकृत वसन्त अधिकारीका अनुसार नुन, पत्थर, कोइलाजस्ता खनिजको खोजतलास अनुमतिको क्षेत्रफल बढीमा पाँच वर्ग किलोमिटर तोकिएको छ । यस्तै, मार्बल, ग्रेनाइट र एम्फिबोलाइटको खनिज खोजतलास तथा उत्खनन अनुमति पनि पाँच वर्गकिलोमिटर नै तोकिएको अधिकारी बताउँछन् । विभागका  अनुसार गेरु, औद्योगिक माटो, सिलिका बालुवा, मट्टी कोइला, साइनाइट क्वार्जाइट, डेकोरेटिभ टुगा खनिजको खोजतलास अनुमतिको क्षेत्रफल बढीमा एक वर्ग किलोमिटर तोकिएको छ।

- आजको कारोबार दैनिकमा समाचार छ ।