Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनायो । श्रीलङ्का संयुक्त–११ का लागि अनुक फ्रेर्नान्डोले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सान्दुन विराक्कोडीले ४९ रन बनाए भने दिलसान मुनविराले १४, उपुल थरङ्गाले ३, थिसेरा परेराले ८, चमारा सिल्भाले ६, दिलरुवान परेराले १४, प्रसन्नाले १२, कुमारस्वामीले ३० तथा निमन्थाले १८ रनको योगदान गरे ।

बलिङतर्फ नेपालको दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन/तीन विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले समान एक/एक विकेट लिए । यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा तीनै खेलमा विजयी भएको छ । नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलङ्काको नेभीलाई क्रमशः १११ रनले र ८९ रनले पराजित गरेको थियो । त्यस्तै तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्काको पुलिसलाई १४४ रनले हराएको थियो ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली यही फागुन ३० गते श्रीलङ्काबाट सिधै संयुक्त अरब इमिरेट्स (युएइ) जानेछ ।