2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा मोतियाबिन्दुको निःशुल्क उपचार

चैत २, त्रिशूली । सामुदायिक आँखा केन्द्र नुवाकोटले नुवाकोट र रसुवाका १९१ मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरेर आँखाको ज्योति फर्काएको छ । नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको हो । 

केन्द्रका प्रमुख ताराबहादुर वाइवाका अनुसार नुवाकोटको उर्लेनी, लच्याङ, बुङताङ, तारुका, बेलकोट र रानीपौवामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा मोतियाबिन्दुका बिरामीलाई केन्द्रको शल्यक्रिया कक्ष विदुरमा सोमबार र मङ्गलबार दुई दिन निःशुल्क शल्यक्रिया सेवा दिइएको थियो ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका नेत्ररोग विशेषज्ञसहित छ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेर ती बिरामीको आँखामा पुनः दृष्टि फर्काउन सफल भएको हो । जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि आँखाको हेरचाहमा भने चेतनास्तर बढाउन आवश्यक देखिएको नेत्ररोग विशेषज्ञ डा मनिता अमात्यले बताउनुभयो । शिविरमा जाँच गर्न आएकामध्ये १० प्रतिशतमा रोगको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

“सङ्क्रमण पहिचान भएका व्यक्तिमा जन्मजातदेखिको मोतियाबिन्दु पाइएको छ भने रोग बढेर अन्तिम अवस्थामा पुगेका बिरामीसमेत भेटिएका छन्”, उहाँले भन्नुभयो, “सरुवा रोगबाट सुरक्षित रहन हात धुन र मास्क लगाउनुपर्छ भन्ने चेतना पाइए पनि आँखाको सरसफाइसम्बन्धी ज्ञान भने निकै कम पाइयो ।”

विभिन्न छ स्थानमा गरिएको शिविर तथा जाँच गराउन आएका बिरामीमध्ये १० प्रतिशतमा मोतियाबिन्दु पहिचान भएकाले यस आर्थिक वर्षमा थप २५ स्थानमा शिविर चलाउने तयारी गरिएको केन्द्रका प्रमुख वाइवाले जानकारीदिनुभयो ।  उहाँका अनुसार निःशुल्क शिविर सञ्चालन गरेर मोतियाबिन्दुका बिरामी खोज्न आवश्यक कार्ययोजना, बजेटको तर्जुमा, विशेषज्ञ चिकित्सकलगायतको प्रबन्ध मिलाएर दुई जिल्लामा एक हजार मोतियाबिन्दु भएका बिरामीको आँखाको ज्योति फर्काउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक