करिब ५००० वर्षअघि चीनबाट औषधीय पेयको रूपमा चिया पिउने चलन शुरु भएको मानिन्छ । त्यहाँबाट जापान, युरोप हुँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... करिब ५००० वर्षअघि चीनबाट औषधीय पेयको रूपमा चिया पिउने चलन शुरु भएको मानिन्छ । त्यहाँबाट जापान, युरोप हुँ"/>
२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

२०७८, ७ चैत्र सोमबार ०७:५५

चैत ७, काठमाडौँ । मानव इतिहासमा चिया पानीपछि सबैभन्दा बढी पिइने पेय हो । चिया एक किसिमको वनस्पति ‘कमेलिया साइनेन्सिस्’ को कलिला पात र मुनाबाट बनाइन्छ ।

करिब ५००० वर्षअघि चीनबाट औषधीय पेयको रूपमा चिया पिउने चलन शुरु भएको मानिन्छ । त्यहाँबाट जापान, युरोप हुँदै बेलायतको साम्राज्यसँगै भारतलगायत विश्वका अन्य भूभागमा चियाको खेती र पिउने बानी विस्तार भयो ।

बुद्ध धर्ममा चियालाई विशेष महत्व दिएको पाइन्छ । आज विश्वका ६२ देशमा चियाको व्यावसायिक खेती गरिन्छ । चिया खेती एवम् व्यवसाय लाखौँ जनताको जीवनशैली तथा जीवनयापनको एक अभिन्न साधन भएको छ ।

चिया चर्चा

नेपालमा आजभन्दा करिब १४५ वर्षअघि मेची अञ्चलको इलाम र सोक्तिममा व्यावसायिक चिया खेतीको शुरुआत भयो ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाइँ बडा हाकिम गजराजशमशेर थापाले पूर्वी नेपालको सीमावर्ती भारतीय क्षेत्र दार्जिलिङ भ्रमणको क्रममा त्यहाँ लगाइएको चियाको मनोरम दृश्य, स्वाद र आतिथ्यबाट प्रभावित भएर नेपालमा चिया खेतीको प्रारम्भ गरेका थिए ।

चिया उत्पादनसँगै चिया पिउने बानीमा वृद्धि हुन थाल्यो । आज चिया नेपाली खानपान र संस्कृतिको अभिन्न अङ्ग भएको छ । चिया उत्पादनको हिसाबले नेपाल विश्वको करिब २१औँ स्थानमा पर्छ र आत्मनिर्भर हुँदै विश्व बजारतिर उन्मुख हुँदै आएको छ । चिया संसारभरकै एक प्रमुख पेयको रूपमा स्थापित भएको सन्दर्भमा यसबारे जो कोही उपभोक्ताले पनि सत्य जानकारी राख्नु आवश्यक छ ।

प्रशोधन विधिअनुसार चिया मुख्यतः तीन किसिमका हुन्छन् । फर्मेन्टेशन नगरी बनाइको ग्रीन टी, आधा फर्मेन्टेशन गरेर बनाएको उलङ टी र पूरै फर्मेन्टेशन गरेर बनाइएको ब्ल्याक टी । जापानमा सानो परिमाणमा प्रत्यक्ष सूर्यको किरण नपुग्ने छहारीभित्र हुर्काइएको चियाको मुनाबाट ‘माच्चा’ टी बनाइन्छ । चियामा पाइने असल गुणका हिसाबमा यो चिया सर्वश्रेष्ठ मानिन्छ ।

अम्बा, नीम, लालचन, जस्मिनफूल, तुलसा, सिस्नुजस्ता खाद्य वनस्पतिका पात, फूल आदि सुकाएर बनाएका गैरचिया पनि बजारमा पाइन्छ, किन्तु तिनीहरूलाई चियाको परिभाषामा पार्न सकिँदैन ।

चियाका रसायन

एउटै वनस्पतिबाट विभिन्न चिया बनाएको भए पनि तिनीहरूको स्वाद र गुणमा धेरै भिन्नता हुन्छ । साधारणतः चिया स्वादका लागि पिउने गरिए पनि यसका धेरै फाइदा पनि छन् । ती फाइदा चियाका मुना र कलिला पातमा भएका जैविक रसायनले गर्दा नै भएको हो । ती रसायनमध्ये क्याफिन, टेनिन, पोलिफिनोल, थियामिन, भिटामिन, लवणलाई मुख्य रूपमा लिन सकिन्छ ।

जुनसुकै किसिमका चिया, कफी, कोला, इनर्जी ड्रिङ्क पिउँदा दिमागलाई उत्तेजित पार्ने रसायन क्याफिन हो, जसले आनन्द र ताजापन दिन्छ । यो रसायन कफीमा सबैभन्दा बढी, ग्रीन टीमा सबैभन्दा कम र अरू किसिमका चियामा मध्यम मात्रामा पाइन्छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन) का अनुसार एक दिनमा एक जना स्वास्थ्य वयस्क मानिसले ४०० मिलिग्रामसम्म क्याफिन लिनुलाई पूर्ण सुरक्षित मात्रा मानिएको छ ।

एक कप कफी, ब्ल्याक र ग्रीन टीमा क्रमशः १००, ५० र ४० मिलिग्राम सरदर क्याफिनको मात्रा मान्दा अधिकतम क्रमशः चार, आठ र १० कपसम्म चिया पिउन सकिन्छ । स्मरण रहोस्, क्याफिनयुक्त पेयसँग मदिरा कदापि पिउनु हुँदैन किनकि क्याफिनले मदिराको मात कम गर्ने भएकाले अधिक मदिरा पिएर प्राणघातक हुन सक्छ ।

चियाका फाइदा

चियामा थियामिन नामक एक दुर्लभ किसिमको एमिनो एसिड पाइन्छ, जसले दिमागको कार्य क्षमता बढाउने डोपामिन उत्पादनमा मद्दत गर्छ, जसको कमीले बूढेसकालमा हुने अल्जाइमर रोगको जोखिम बढाउँछ ।

क्याफिनले शरीरको मेटाबोलिजम् बढाउने भएकाले मोटोपन हुनबाट बचाउँछ । चियामा पाइने पोलिफिनोलले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । जसरी फलामलाई खियाले खतम पार्छ, त्यसरी नै हाम्रो शरीरका तन्तुलाई पनि अक्सिडेसनले कमजोर बनाउँछ ।

त्यसको विरुद्ध चियामा पाइने पोलिफिनोलले एन्टिअक्सिडेन्टको रूपमा काम गर्ने भएकाले विभिन्न किसिमका क्यान्सर र असामयिक बूढौलीपन आउनबाट बँच्न सकिने तथ्य पत्ता लागेको छ । अरू चियामाभन्दा ग्रिन टीमा क्याफिन कम र पोलिफिनोल बढी पाइने भएकाले यसबाट बढी फाइदा लिन सकिन्छ ।

नियमित रूपमा ग्रिन टी पिउने जापानीलाई मधुमेहको जोखिम अरूको तुलनामा एकतिहाइ कम भएको पाइएको छ । चियामा पाइने पोलिफिलनोलले रगतमा खराब कोलेस्टोरल र ट्राइग्लिस्राइड कम पार्ने क्षमता भएकाले मुटुसम्बन्धी रोगको खतरा घटाउने सक्ने नतिजा विभिन्न अध्ययनले देखाएको छ ।

चियाको पोलिफिनोल र एन्टिअक्सिडेन्टले छालामा विकिरणबाट हुने असर कम गराउछ र आखा स्वास्थ्य राख्न सहयोग गर्छ । यिनीहरूको जीवाणु प्रतिरोधी गुण भएकाले मुख एवम् दाँतलाई स्वास्थ्य रहर समेत मद्दत गर्छ ।

चियाका बेफाइदा

संसारमा यस्तो खाद्यवस्तु छैन, जसले फाइदा मात्र गरोस् । चियाका पनि केही बेफाइदा छन् भन्ने कुरा बिर्सनु हुँदैन । चिया भोको पेटमा पिएमा चियामा भएको क्याफिनले ग्यास्टिक जुस बढाएर ग्यास्टिक हुने डर हुन्छ । धेरै चिया पिउनाले चियामा भएको टेनिनले हाम्रो शरीरमा आइरन र क्याल्सियमको शोषणमा कुप्रभाव पार्छ र क्रमशः रक्तअल्पता र हड्डी खिइने त्रास बढाउछ ।

व्यक्तिअनुसार क्याफिन बढी भएमा डर, चिन्ता, कम्पन, अनिन्द्रा, मुटुको धड्कन र प्रेसर बढ्ने, बढी पिसाब लाग्ने जस्ता अनेक समस्या देखा पर्न सक्छन् । गर्भवती र स्तनपान गराइरहेका महिलाले चिया नपिउनु नै बेस हुन्छ । पाच वर्षसम्मका बच्चा क्याफिनसँग सम्वेदनशील हुने भएकाले चिया दिनु हुँदैन । औषधि सेवन गरिरहेका बिरामीको हकमा डाक्टरको सल्लाह अनुसार चिया पिउनुपर्छ ।

कसरी बनाउने चिया ?

संसारभर चिया बनाउने तरिकामा विविधता पाइन्छ । जापानमा ग्रिन टी र चीनमा उलङ टी पिउने आम प्रचलन छ । यी दुवै किसिमका टीमा दूध र चिनीको प्रयोग गरिँदैन । नेपाल, भारतलगायतका अन्य देशमा सिटिसि दानेदार धुलो चियामा दूध र चिनी दुवै मिसाएर उमाली छानेर पिउने चलन छ तर फाइदाको दृष्टिले यो तरिका ठीक होइन ।

चियामा दूध मिसाउँदा दूधमा रहेको क्यासिनले चियामा रहेको लाभदायी पोलिफिनोलसँग प्रतिक्रिया गरेर संयुक्त यौगिक बन्छ, जुन शरीरमा शोषण हुँदैन ।

कुनै पनि किसिमको चियाबाट अधिकतम फाइदा लिन एक सानो चम्चा चियामा उम्लेको पानी हालेर दुई÷तीन मिनेट छोपेर राखेपछि पिउनुपर्छ । चियामा कागतीको रस वा मह मिसाएर पिउनु पनि स्वस्थकर मानिन्छ ।

खाना खाएको दुई घण्टापछि चिया पिउनु राम्रो बानी हो किनकि यसले क्याल्सियम र आइरन शोषणमा पार्ने प्रभाव न्यून पार्छ । अरू पेय सरह धेरै तातो चिया पिउनाले घाँटीको क्यान्सर हुने सम्भावना हुने भएकाले सहज पिउने सक्ने तातोसम्म सेलाएर मात्र चिया पिउनु उत्तम हुन्छ ।

चियालाई स्वाद र आनन्दको रूपमा मात्र नहेरेर स्वस्थवद्र्धक पेयको रूपमा अपनाउनुपर्छ । चियामा दूध मिसाउँदा यसको फाइदा घट्ने भएकाले फिक्का र कम प्रशोधित चिया जस्तै लिफ वा ग्रीन टी पिउनु उपयुक्त हुन्छ ।

त्यसैले फाइदाको आधारमा क्रमशः ग्रीन, लिफ, उलङ र ब्ल्याक टीलाई लिन सकिन्छ तर इच्छाअनुसार लेमन, चिनी वा मह मिसाएर चिया पिउन सकिन्छ । चिया पूरै इन्कार गर्ने वा अत्यधिक पिउने बानी दुवै अतिवादी दृष्टिकोण हुन् । तसर्थ उपयुक्त मात्रा, तरिका र समयमा चिया पिउँदा स्वास्थ्यलाभ गर्न अवश्य सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड