२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक अकाउन्ट ह्याक हुनबाट जोगाउन के गर्ने ?

२०७८, ८ चैत्र मंगलवार ०९:१८

चैत ८, काठमाडौँ । फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालहरू मध्येको एक हो । अहिलेको समयमा फेसबुक अकाउण्ट नभएको मानिस कमै हुन्छन् । फेसबुक तपाईंका लागि सहज मात्रै नभएर खतराको विषय पनि बन्न सक्छ, त्यसैले यसलाई सुरक्षित रुपमा प्रयोग गर्ने तर्फ हरेक प्रयोगकर्ताले ध्यान दिन जरुरी छ ।

साथी, परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहनका लागि विश्वभरका प्रयोगकर्ताले फेसबुक चलाइरहेका हुन्छन् । प्रयोगकर्ता धेरै भएकै कारण यसमा ह्याकरहरूले अनेक जालझेल गरिरहेका हुन्छन् । यस्तोमा तपाईँले यी निश्चित मापदण्ड तथा प्रक्रिया पूरा गरेर आफ्नो फेसबुक अकाउन्टलाई सुरक्षित राख्न सक्नुहुन्छ ।

१. बलियो पासवर्ड राख्नुहोस्ः 

ह्याकरबाट तपाईँको फेसबुक अकाउन्ट जोगाउने पहिलो सुरक्षा घेरा हो तपाईँको पासवर्ड । त्यसैले अरुले अनुमान समेत गर्न नसक्ने बलियो र मौलिक प्रकारको पासवर्ड राख्नु उचित हुन्छ । आफ्नो जन्म मिति, नाम, सवारीसाधनको नम्बर आदिलाई पासवर्डमा नराख्नुहोस् ।

साथै अन्य सामाजिक सञ्जाल अकाउन्टका लागि राखिएको पासवर्ड फेसबुकमा समेत राख्ने गल्ती नगर्नुहोस् । अङ्ग्रेजी साना तथा ठूला अक्षर, अङ्क, सङ्केत आदि मिलाएर कम्तिमा आठ अङ्कभन्दा लामो पासवर्ड राख्नुहोस् । उदाहरणको लागि ‘4@?VxkYV4BZS’ साथै आफ्नो पासवर्ड अन्य कसैलाई पनि नदिनुहोस् । 

२. टु-फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुहोस्ः 

आफ्नो फेसबुकमा टु-फ्याक्टर अथेन्टिकेसन (2FA) इनेबल गर्नुहोस् । यसो गर्दा कुनै मोबाइल वा कम्प्युटरबाट तपाईँको फेसबुक लग-ईन गर्दा मोबाइल नम्बर वा माइक्रोसफ्ट तथा गुगल अथेन्टिकेटरको माध्यमबाट पहिचान प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

यसको अर्थ यदि तपाईँले आफ्नो फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नु भएको छ भने कुनै अर्को व्यक्तिले तपाईँको युजरनेम र पासवर्ड थाहा पाएको खन्डमा पनि तपाईँको फेसबुकमा लग-ईन गर्न सक्ने छैन ।

यसका लागि आफ्नो फेसबुकको सेटिङमा जानुहोस् र सेक्युरिटी एन्ड लग-ईन भित्र गएर ‘टु-फ्याक्टर अथेन्टिकेसन’ (Two-factor authentication) इनेबल गर्नुहोस् । 

३. ‘अनरिकग्नाइज्ड लगईन अलर्ट’ ‘अन’ गर्नुहोस्ः 

फेसबुकले कुनै अपरिचित मोबाइल वा कम्प्युटरबाट तपाईँको फेसबुक अकाउन्ट ‘लगइन’ गर्ने प्रयास भएको अवस्थामा तपाईँलाई त्यसको ‘अलर्ट’ दिने गर्दछ ।

यसका लागि आफ्नो फेसबुकको सेटिङमा जानुहोस् र त्यहाँ रहेको ‘सेक्युरिटी एन्ड लगइन’ भित्र गएर ‘सेटिङ अप एक्स्ट्रा सेक्युरिटी’ भित्र रहेको ‘गेट अलर्ट्स अबाउट अनरिकग्जाइज्ड लगइन्स’ लाई ‘अन’ गर्नुहोस् । 

४. गुगल, डकडकगो जस्ता ‘सर्च इन्जिन’बाट आफ्नो फेसबुक टाढा राख्नुहोस्ः 

आफ्नो फेसबुक प्रोफाइल गुगल सर्च, डकडक गो जस्ता सर्च इन्जिनमा खोज्दा नभेटिने कुराको सुनिश्चित गर्नुहोस् । आफ्नो फेसबुक अकाउन्टको ‘सेटिङ’बाट ‘प्रोफाइल सेटिङ’ हुँदै ‘प्रोफाइल प्राइभेसी’मा जानुहोस् ।

त्यहाँ अन्तिममा रहेको ‘डु यू वान्ट सर्च इन्जिन आउटसाइड फेसबुक टु लिङ्क टु योर फ्रोफाइल’ लाई बन्द गर्नुहोस् । 

५. अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्नुहोस्ः 

आफूले चिनेका व्यक्तिहरूलाई मात्र फेसबुकमा साथी बनाउनुहोस् । अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्नुहोस् । कतिपयले तपाईँले चिनेजानेका व्यक्तिहरूको नाममा फोटो सहित प्रोफाइल बनाएर समेत रिक्वेस्ट पठाउन सक्छन्, त्यस्ता विषयमा पनि सचेत रहनुहोस् । 

६. कुनै पनि लिङ्क र एक्स्टेन्सनमा क्लिक नगर्नुहोस्ः 

फेसबुक प्रयोग गर्दा जथाभावी लिङ्कमा क्लिक गर्ने गल्ती नगर्नुहोस् । कहिले कहिँ तपाईँले चिनेजानेकै व्यक्तिको अकाउन्टमाथि पहुँच बनाएर ह्याकरले झुक्याउने लिङ्क पठाउन सक्छन्, यस्तोमा तपाईँ उनीहरूको जालमा पर्न सक्नुहुन्छ ।

कतिपय बेला यस्ता लिङ्कमा क्लिक गर्दा आफ्नो युजरनेम, पासवर्ड लगायतका गोप्य विवरण समेत ह्याकरको हातमा पुग्न सक्छन् ।साथै मोबाइलमा थर्डपार्टी एप डाउनलोड गरी फेसबुक चलाउने अथवा कम्प्युटरमा ब्राउजर एक्सटेन्सन प्रयोग गर्ने विषयमा सतर्क रहनु होस् । ह्याकर तथा असुरक्षाबाट बच्न चाहनुहुन्छ भने सकेसम्म यस्ता कुराबाट टाढा रहनुहोस् । 

७. ट्रस्टेड कन्ट्याक्ट सेटअप गर्नुहोस्ः 

फेसबुकमा ट्रस्टेड कन्ट्याक्ट सेटअप गर्दा तपाईँको फेसबुक अकाउन्ट र पेजमा पहुँच बनाउन सहयोग पुग्छ । फेसबुकमा रहेका आफ्नो नजिकका साथी तथा आफन्तलाई यस्ता ट्रस्टेड कन्ट्याक्टको रुपमा राख्ने सुविधा हुन्छ । जसले कुनै कारण तपाईँको फेसबुक लक हुँदा त्यसमा पहुँच बनाउन तपाईँलाई सहयोग गर्न सक्छन् ।

यस्तोमा तपाईँले आफ्ना ट्रस्टेड कन्ट्याक्टमा रहेका साथीहरूलाई एउटा यूआरएल लिङ्क पठाउनुपर्ने हुन्छ र त्यसमा देखिएको कोड माग्नुपर्ने हुन्छ ।

तर याद राख्नुहोस् ट्रस्टेड कन्ट्याक्टमा राख्दा पूरा ५ जना राख्नुहोस् । यस्तोमा आवश्यक पर्ने कम्तिमा तीन ओटा कोड जुटाउन तपाईँलाई सहज हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा