2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्विडेनमा छुरी हानेर स्कुलभित्रै २ शिक्षिकाको हत्या, १८ वर्षका विद्यार्थी पक्राउ

चैत ८, काठमाडौँ । एजेन्सी। स्विडेनमा एक माध्यमिक विद्यालयका दुई जना शिक्षिकाको छुरा प्रहार गरेर हत्या भएको छ । दक्षिणी स्विडेनको माल्मो प्रान्तको माध्यमिक विद्यालयमा ५० वर्ष नाघेका दुई जना शिक्षिकाको छुरा प्रहारबाट हत्या भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

शिक्षिका हत्याको आरोपमा एक १८ वर्षका विद्यार्थी पक्राउ परेका पनि खबरमा उल्लेख छ । घटना भएको १० मिनेटमै प्रहरी विद्यालयमा पुगेको र हत्याको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा बञ्चरो र चक्कु भेटिएको प्रहरीले जनाएको छ । हत्याको आरोप लागेका विद्यार्थी आफैँले प्रहरीलाई फोन गरेर बोलाएको र हत्या गरेको स्वीकारेको खबरमा उल्लेख छ । 

आक्रमणको बेला शिक्षक र विद्यार्थी गरी ५० जना भवनमा रहेका थिए । घटनापछि विद्यालयको भवन खाली गरिएको र आतङ्ककारी हमलाको कुनै सङ्केत नमिलेको प्रहरीले जनाएको छ । स्विडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले देशमा निकै दुःखद घटना भएको भन्दै सबैलाई शान्त रहन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता