पढ्न करिब 2 मिनेट लाग्छ

चैत १०, काठमाडौँ । किवी एउटा यस्तो फल हो जसको बारेमा धेरै पहिले मानिसहरुलाई थाहा थियो । पहिले यो सजिलै उपलब्ध थिएन। तर, अब यो सबै ठाउँमा सजिलै उपलब्ध छ।यो एक विदेशी फल हो। फलफुल जुनसुकै भएपनि हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ । तर, तपाईको शरीरमा जे पनि कमी छ, किवीले त्यसलाई पूरा गर्छ।किवीको माथिल्लो भाग हल्का खैरो कपालले ढाकिएको हुन्छ। यो भित्रबाट हरियो रंगको हुन्छ र सानो कालो बीउ पनि हुन्छ। यो फल खान अमिलो र मीठो हुन्छ ।लगभग 100 ग्राम किवी फलमा 312 मिलीग्राम पोटासियम हुन्छ। यसमा सुन्तला र कागतीको तुलनामा लगभग दोब्बर भिटामिन सी हुन्छ। जुन हाम्रो शरीरमा हुने धेरै रोग निको पार्न पनि प्रभावकारी हुन्छ ।

घाउलाई थप बिग्रनबाट जोगाउँछ

भिटामिन सी भरपूर मात्रामा पाइने भएकाले किवीले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन बनाउने कामबाट मुक्त राख्छ ।

कोलेस्ट्रोल कन्ट्रोल गर्छ

किवीले कोलेस्ट्रोल कन्ट्रोलमा पनि ठूलो सहयोग पुर्याउँछ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट पनि बचाउँछ ।

जोर्नी दुख्ने समस्या भएकालाई फाइदाजनक

किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुलाई यसले निकै ठूलो फाइदा गर्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट पनि दुःख मुक्त गराउन धेरै सहयोग गर्छ ।

कब्जियत हुन दिँदैन

किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या भएकाहरुलाई यो रोगबाट मुक्तिसमेत मिल्छ ।