पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत ११, काठमाडौँ । अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो ।<br></p><p>थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ ।</p><p>अमेरिकाले नेपाललाई अहिलेसम्म ३१ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले उपलब्ध गराउँदै आएको फाइजर खोप नेपालले १२ वर्षभन्दा माथिका बालबालिकालाई दिँदै आएको छ ।</p>

