Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुसी सेनाले महिलामाथि बलात्कार र याैन दुर्व्यवहार गरे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत १५, किभ । युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् ।&nbsp;<br></p><p>स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा रेकर्ड गरिएको र अगाडि बढिरहेकाे छ ।&nbsp; हामी विवरणहरूमा जाँदै छैनौँ । तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एक नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो । ’&nbsp;</p><p>उनले अगाडि भनिन्, ‘मलाई यो भन्न दुःख लागिरहेको छ कि उनलाई साना बच्चाहरुकै अगाडि बलात्कार गरिएको थियो ।&nbsp; मादक पर्दाथले उत्तेजित सिपाहीले परिवारको घरमा पसेपछि श्रीमानको हत्या गरेको र आफ्नी पत्नीलाई बारम्बार बलात्कार गरेको युक्रेनका अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएका छन् ।अभियोजनकर्ताले सार्वजनिक गरेको यो एउटा मुद्दाभन्दा पनि धेरै पीडितहरू छन ।&nbsp;</p>