खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हर"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर !

चैत १६, काठमाडौं । ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो होइन । तर, नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा छन् । 

खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउँछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक छ । रक्तसञ्चारमा पनि खुर्सानीले मद्दत गर्छ । 

पछिल्लो एक अध्ययनले त खुर्सानीको महत्व अझ भारी देखाएको छ । हालै ‘एक्सपेरिमेन्टल बायोलोजी’मा प्रकाशित अध्ययन रिपोर्टले खुर्सानीले फोक्सोको क्यान्सर फैलनबाट रोक्ने दाबी गरेको छ । 

रिपोर्टअनुसार, खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ले फोक्सोको क्यान्सर रोकथाममा मद्दत गर्छ । बढ्दो प्रदूषण, धुम्रपान तथा अव्यवस्थित जीवनशैलीका कारण महिला तथा पुरुष दुवैमा फोक्सोको समस्या बढ्दै गएका वेला यो अध्ययनलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ । 

अध्ययनका क्रममा शोधकर्ताहरुले मानिसहरुको ‘नन–स्मल लङ क्यान्सर सेल’को कल्चर गरेका थिए । प्रयोगका क्राममा खुर्सानीमा हुने क्याप्साइसिन नामक यौगिकले यी कोषको फैलने प्रक्रिया अर्थात् ‘मेटास्टेसिस’लाई पहिलो स्टेजमै रोकिदियो । 

शोधकर्ताहरुले यो परीक्षण मुसामा पनि गरे । उनीहरुले मुसालाई लगातार क्याप्साइसिनयुक्त खानेकुरा खुवाइदिए । केही समयपछिको परीक्षणमा क्याप्साइसिनयुक्त खानेकुरा खाएका मुसामा मेटास्टेटिक क्यान्सर सेलको संख्या अन्य मुसामा भन्दा निकै कम पाइयो । 

अध्ययनमा पाइयो कि, क्याप्साइसिनले एसआरसी प्रोटिनलाई पनि सक्रिय हुनबाट रोक्छ । यो प्रोटिन क्यान्सर सेलको वृद्धि र फैलावटमा जिम्मेवार मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक