2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेर जाने अवस्थामा कोडिभ-१९ विरुद्धको खोप, छैन कुनै हिसाबकिताव

चैत्र २३, काठमाडौं | केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । 

"मोडर्ना र फाइजर खोप बढी चिसो राख्नुपर्छ । त्यहाँबाट निकालिसकेको ३० दिनभित्रमा प्रयोग गरिसक्नुपर्छ । ३० दिनभित्रमा प्रयोग गर्न नसकिँदा खेर गइरहेको छ," प्रमुख दाहालले भने । 

मोडर्ना खोप माइनस २५ डिग्रीको तापक्रममा राख्नुपर्छ । त्यहाँबाट निकालेर २ देखि ८ डिग्रीको खोप भण्डारण बक्समा राख्नुपर्छ । जुन एक महिनाभित्रमा लगाइसक्नुपर्ने हुन्छ । त्यो अवधिमा खोप लगाउन नसकिएको खण्डमा स्वतः खेर जाने प्रमुख दाहालको भनाइ छ ।

कति मात्रामा खोप खेर गयो भन्ने तथ्यांक न स्वास्थ्य सेवा विभागमा छ न त सम्बन्धित जिल्लाको खोप शाखामा । विभागले खेर गएको खोपको पनि विवरण जिल्लासँग माग गरेको छ । 

नेपालमा १२ देखि १८ वर्षसम्मका बालबालिकालाई मोडर्ना यो खोप लगाइएको थियो । हालसम्म नेपालमा ३७ लाख डोज मोडर्ना खोप आइसकेको छ । "माइनसको तापक्रमबाट बाहिर निकालेर जति सक्दो खोप लगाइसक्नु पर्छ । अहिले खोप लगाउनेको संख्यामा कमि आइरहेको छ । जसले गर्दा केही मात्रा खेर गएको हुनसक्छ," प्रमुख दाहालले भने । 

सामान्यता केही मात्रा खोप खेर जान्छ भन्ने नै हुन्छ । तर, ठूलो परिमाणमा खोप खेर गयो भने त्यो गम्भीर विषय बन्ने उनको भनाइ छ । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले मोडर्ना र फाइजर खोप भण्डारमा चुनौती रहेको बताए । 

अहिलेसम्म मोडर्नाको १० हजारभन्दा बढी डोज त्यसरी नै लगाउन नपाउँदै खेर गइसकेको छ । तर, स्वास्थ्य अधिकारीहरूलाई यति मात्रामा खोप खेर गएको दाबी स्वीकार गर्दैनन् । 

काठमाडौं उपत्यकासहित विभिन्न प्रदेश तथा जिल्लाबाट यसरी खोप खेर गइरहेको विवरण विभागमा आउने गरेको छ । खोप लगाउने मानिसको संख्यामा कमि आउँदा खोप खेर जाने क्रम जारी रहेको महाशाखा प्रमुख डा. लालले बताए । 

खोप खेर जान नदिनको लागि विभागले लेवल नै टाँसेर पठाउने गरेको छ । "खेर नजाओस भनेर जुन ठाउँमा पठाउने हो, त्यहाँ त्यो खोप कहिले बनेको हो र कहिले ल्याएर आएको स्पष्ट देखिने गरी लेखेर पठाउँछौं । त्यो सम्बन्धित निकायले हेर्नुपर्छ," खोप शाखा प्रमुख दाहालले भने । 

यसअघि पनि मिति सकिनै लागेको अस्ट्राजेनिका खोप लगाइएको थियो । भुटान र जापान सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख ३० हजार डोज अस्ट्राजेनिका खोप मिति सकिने लागेको अवस्थामा नेपाल ल्याइएको थियो । जसमा जापानले १६ लाख र भुटानले दुई लाख ३० हजार डोज अस्ट्राजेनिका खोप उपलब्ध गराएको थियो ।  

उक्त खोप यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका १३ लाख ६८ हजार जनालाई लगाएको थियो भने बाँकी रहेको खोप १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी, यसअघि खोप लगाउन छुटेकाहरू लगायतलाई लगाइएको थियो । 

भुटानबाट आएको खोप म्याद सकिन तीन सातामात्र बाँकी थियो भने जापानबाट आएका खोप दुई महिनापछि । मिति सकिन लागेपछि सरकारले एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको थियो । 

सामान्यतया खोपको प्रयोग मिति सकिनुभन्दा जति समय बढी हुन्छ त्यति राम्रो हुन्छ । तर, मिति सकिनुभन्दा एक दिन अगाडिसम्म पनि खोप लगाउन सकिने विज्ञहरूको भनाइ छ  । 

खोप लगाउने क्रम घट्यो, लक्ष्य भेट्टाउन गाह्रो :

सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । तर, त्यो लक्ष्य भेट्टाउन मुस्किल छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै लक्षित समूहलाई चैत मसान्तभित्रमा खोप लगाइसक्ने थियो । 

एक करोड ९९ लाख २२ हजारभन्दा बढी जनसंख्यालाई खोप लगाउने लक्ष्य सरकारको छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् ।

अबको एक साताभित्रमा ३४ लाखभन्दा बढीलाई पूर्ण मात्रा खोप दिइसक्नुपर्छ । तर, त्यो सम्भव छैन । किनकी हाल दैनिक खोप लगाउनेको संख्या क्रमिक रूपमा घट्दै गएको छ । लक्ष्य भेट्टाउनको लागि दैनिक पाँच लाख जनसंख्याले खोप लगाउनुपर्छ । 

नेपालमा हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० डोज खोप प्राप्त भएको छ । जसमध्ये चार करोड २ लाख ९५ हजार ८८८ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । अझै ७५ लाख ८६ हजार ९१२ डोज खोप माैजाद छ । 

खोप शाखा प्रमुख दाहाल भने मेडिकल क्षेत्रमा शत प्रतिशत सम्भव हुनै नसक्ने बताउँछन् । "यो खोप लगाउने विषयमा शत प्रतिशत त सम्भव हुँदैन । तर, हामीले उल्लेख्य प्रगति हासिल गरेका छौं," उनले भने, "यतिको जनसंख्यालाई खोप लगाउनु भने निकै चुनौतीको काम थियो । त्यो सन्तोषजनक नै छ ।"

खोप लगाउन आउनेको संख्या क्रमिक रूपमा घट्दै जाँदा खोप खेर जाने क्रम पनि बढीरहेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ