पढ्न करिब 2 मिनेट लाग्छ

चैत २५, एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना भाइरसको नयाँ भेरिएन्टको पहिलो केस फेला परेको खबरले चर्चा पाएको छ । तर, यो खबर फैलिएको केहि समयपछि भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जुन महिलामा कोरोनाको नयाँ भेरिएन्ट फैलिएको भन्ने समाचार बाहिरिएको थियो, उनमा नयाँ भेरीएन्ट XE को संक्रमण नभएको जनाएको छ । तर पनि उक्त खबरको पुष्टिको लागि अर्को चरणको परीक्षण हुने भएको छ । जक्सो रिपोर्ट एक/दुईदिनमा आउने सम्भावना छ ।

के हो कोरोनाको XE भेरिएन्ट ? कति खतरनाक छ ? कहाँ भेटिएको थियो यो नयाँ प्रकारको कोरोनाको भेरिएन्ट ?

भारतको मुम्बई नगर निगम यानकी BMC को अनुसार, XE भेरिएन्टबाट संक्रमित सन्दिग्ध बिरामी ५० वर्षीय महिला हुन्, जो कस्ट्यूम डिजाइनर हुन् । ति महिला १० फेव्रुअरीमा साउथ अफ्रीकाबाट भारत फर्किएकि थिइन् । मुम्बई पुग्ने क्रममा परीक्षणको क्रममा उनलाई कोरोना नेगेटिभ देखिएको थियो ।

मार्च २ मा भएको हुई रूटीन परीक्षणमा ति महिलालाई कोरोना पोजेटिभ भएको पाइएको थियो ।

BMC के अनुसार, सीरो सर्वेको लागि पठाइएको मुंबईको कोरोना संक्रमितहरुको २३० नमुना मध्ये २२८ नमुनामा ओमिक्रोन भेरिएन्ट पाइएको थियो । जबकि, एक नमुनामा XE भेरिएन्ट भेटिएको थियो ।

BMC रिपोर्टकै आधारमा मुम्बईकी महिलालाई कोरोनाको नयाँ भेरिएन्ट XE संक्रमण भएको पहिलो केस भन्न थालियो, त्यसपछि भारतको स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण दियो कि ति महिलालाई XE भेरिएन्ट लागेको छैन ।

भारतमा जीनोम सीक्वेन्सिङको निगरानी गर्ने सरकारी संस्था INSACOG ले ति महिलाको नमुना फेरी परीक्षण गर्ने भएको छ ।

नोभेम्बर २०२१ मा साउथ अफ्रीकामा भेटिएको भेरिएन्ट अफ कन्सर्न ओमिक्रोन यो बर्ष संसारमा पाइएको कोरोनाको ९० प्रतिशतभन्दा बढी हो ।

ओमिक्रोनको तीन सब-भेरिएन्ट हुन्- BA.1, BA.2 र BA.3, तर पहिलो दुई सब-भेरिएन्ट बढी घातक छन्, जबकि BA.3 त्यति संक्रामक छैन ।

XE भेरिएन्टको पहिलो केस १९ जनवरीमा ब्रिटेनमा भेटिएको थियो । त्यतिबेलादेखि यसले संसारमा ६५० बढीलाई संक्रमित बनाएको छ, जसमा ब्रिटेनमा मात्र यसको ६३७ संक्रमित भेटिएको छ ।

ब्रिटेन बाहेक यो भेरिएन्ट थाईल्याण्ड, फ्रान्स, डेनमार्क र बेल्जियममा पनि संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठनको अनुसार XE भेरिएन्ट ओमिक्रोनको सबैभन्दा बढी संक्रामक मानिएको ओमिक्रोनको सब-भेरिएन्ट BA.2 भन्दा १० प्रतिशत बढी संक्रामक छ ।

XE भेरिएन्टको गम्भीरता र यसमाथि भ्याक्सिनले गर्ने असरलाई लिएर अहिलेसम्म अध्ययन गर्न बाँकी छ ।