थप २६ मा कोरोना सङ्क्रमण पुस्टि

साझासवाल
1 Min Read

<p><b>चैत्र २९, काठमाडौँ</b> | देशभर पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।<br></p><p>योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६१६&nbsp; पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५३ रहेको छ । पछिल्लो समय थप ३७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार १११ पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।&nbsp;</p><p>पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी पछिल्लो समय ४१ हजार ४०७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५५४ रहेको छ । अहिले होम आइसोलेशनमा ५१३&nbsp; रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २३ आइसीयुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply