2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

 वैशाख ८, काठमाडौं | भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ । 

भारत र चीननमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो । 

कोरोनाविरुद्धको खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा भएकाले बुस्टर मात्रा खोप लगाउनु मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बिहीबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र खोप नलगाएकालाई तत्कालै खोप लगाउन आग्रह गरेकी हुन् । 

जारी विज्ञप्ति

कोभिड–१९ संक्रमणको जोखिमपूर्ण अवस्थाबाट हामी गुज्रीरहेको सर्वविदितै छ। संख्यात्मक रूपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै छ। कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिदै यस विरुद्दको खोप अभियान संचालन गरिरहेको छ। कोभिड–१९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमनै रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका वढाउन संवेदनशील भई जिम्मेवार वनी जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वन्धित सवैमा हार्दिक अनुरोध गर्दछ। साथै कोभिड–१९ विरुद्दको पूर्ण मात्रा खोप लगाउनुहुने, खोप लगाउन प्रेरित गर्नुहुने र जारी खोप अभियानमा निरन्तर साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै खोप लगाउन वाँकि सवैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्दको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पुरा भए पश्चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ