१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

११ बैशाख २०७९, आईतवार १३:५०

 वैशाख ११, खोटाङ | प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्ककी २९ वर्षीय विमला थापा राईलाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ । 

गर्भमा जुम्ल्याहा बच्चा रहेकी विमलाले शनिबार साँझ ५:२० बजे छोरी जन्माएकी थिइन् । तर, नवजात शिशुको शरीरमा अक्सिजनको कमी देखिएको तथा १६ घण्टा बित्दासमेत दोस्रो बच्चा नजन्मिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी हेलिकोप्टरमार्फत अस्पताल लगिएको हो । आइतबार होलिकोप्टरमा राखेर प्रसुतीगृह थापाथली पुर्‍याइएकी विमलाले शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी छन् । 

सुत्केरी व्यथा लागेपछि विमलालाई शनिबार दिउँसो १ बजे प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा भर्ना गरिएको थियो । एउटा बच्चा जन्माए पनि दोस्रो बच्चा लामो समयसम्म नजन्मिँदा गर्भवतीको अवस्था नाजुक भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रकी सिअहेव निर्मला शर्माले बताइन् । 

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव वेदनाले छट्पटिरहेका गर्भवतीको उद्धारका लागि हेलिकोप्टर पठाएको थियो ।

'उहाँको गर्भमा जुम्ल्याहा बच्चा रहेछ । हिजो साँझ छोरी जन्माउनु भयो तर अर्को बच्चा जन्माउन सक्नु भएन,' सिअहेव शर्माले भनिन्, 'जन्मिएको बच्चालाई अक्सिजन कम भयो । लामो समयसम्म अर्को बच्चा जन्माउन नसक्दा उहाँलाई गाह्रो भयो । त्यही भएर काठमाडौं पठाइएको हो ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक